कालीकोटकी सुत्केरीलाई शाहीको सहयोग


कालीकोटः कालीकोट जिल्ला पचालझरना गाउँपालिका–३ की एक सुत्केरी महिलालाई काँग्रेस नेता भुपेन्द्रजंग शाहीले खाद्यन्न सहयोग गरेका छन् ।
जिल्लाको पचालझरना गाउँपालिका–३ खाद्धुकी लालसरा परियारलाई नेपाल तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले खाद्यन्न सहित नगद सहयोग गरेका हुन् । सुत्केरी ब्यथा लागेपछि काठमाण्डौं गएकी परियारले छोरीलाई जन्म दिइन् । छोरी जन्मिएको भोलीपल्टबाट कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेपछि उनलाई जिल्ला फर्कन मुस्किल भएको थियो ।
लकडाउनले जिल्ला फर्किन नपाएकी परियारलाई काठमाण्डौमा खाने बस्ने समस्या भएपछि उनले आफ्नै जिल्लाको नेता सोचेर भुपेन्द्रजंग शाहीलाई फोन गरेको बताइन् । उनले भनिन्, ‘काठमाण्र्डौ त महंगो सहर रहेछ हामी जस्ता गरीवका लागि त झनै गाहे रहेछ । खाने बस्ने समस्या भयो आफ्नो भन्ने कोही छैन् आफ्नै जिल्लाका नेताले केही सहयोग गर्छन्की भनेर फोन गरे फोन गरेको केही समयमै मैले सहयोग स्वरुप खाद्यन्न र केही नगद पाए साह्ै खुसी लाग्यो ।’
मलाई विश्वासपनि थिएन काठमाण्डौंमा मलाई कसैले सहयोग गर्छन् भन्ने उनका श्रीमान हंस परियारले भने, आफ्नै जिल्लाका मनकारी नेता शाहीबाट सहयोग पाउदा निकै खुसी लागेको छ । लालसराले फोन गरिसकेपछि आफुले थोरै भएपनि उनका घाउँमा मलहम पट्टी लगाउने काम गरेको नेता शाहीले बताए । उनले भने, अव लकडाउन नखुल्दासम्म लालसराको खानेबस्नेको जिम्मा लिएको छु ।
शाहीका अनुसार सुत्केरी महिला परियारलाई लकडाउन भरि आवश्यक पर्ने सम्पुर्ण खाद्यन्न आफूले व्यवस्था गर्नेछु, साथै लकडाउनको कारणले समस्यामा परेका अन्य कोही भएपनि खवर गर्न आग्रह गरे ।
कर्णालीपाटी । २ बैशाख २०७७, मंगलवार १२:३३