१४ बैशाख २०८१, शुक्रबार

विपदबाट घर क्षति भएकालाई आवास निर्माण गर्न एक लाख दिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले विपदबाट घर पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई आवास निर्माणको लागि एक लाख रकम दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको साउन १७ गते शनिवार बसेको बैठकले प्रति परिवार एक लाख दिने निर्णय गरेको हो ।

बैठकले विपदबाट क्षति भएका घरपरिवारका लागि तिन महिना पुग्ने गरी खाध्यान्न उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

साथै जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्तिका लागि सहमति प्रदान गर्ने निर्णय भएको उनको भनाई छ ।