१९ बैशाख २०८१, बुधबार

छायाँनाथमा मुर्ति स्थापना


मुगु । विश्वका चारधामको जेठोधामका रुपमा परिचित छायाँनाथ धाममा शिव पार्वतिको मुर्ति स्थापना गरिएको छ । जनै पुर्णिमाको अबसरमा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले छायाँनाथ धाममा पुगी शिव माहदेवको मुत्र्ति स्थापाना गरेका हुन् ।

मुर्ति स्थापाना कार्यक्रममा सहभागी हुदै उनले जुन सुकै समय छायाँनाथको दर्शन गर्न जाने दर्शालु भक्तजनले छायाँनाथको दर्शन संगै शिव माहदेवको पनि दर्शन गर्न पाउने जनाए ।

छायाँनाथ धामको तिर्थ यात्रासँगै भगवान शिवको पनि दर्शन गर्न भक्तालु लाई सहज होस भन्ने उदेश्यले मुर्ति स्थापाना गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले बताए ।

छायाँनाथको मुर्ति जनै पुर्णिमा मात्र छायाँनाध धाममा लगिन्छ । त्यस पछी मुर्ति लाई छायाँनाथ रारा नगरपालिका–२ चैनमा स्थापित छायाँनाथ मन्दिरमा राखिने भएकाले पनि छायाँनाथ धाम जाने दर्शालु भक्तजनलाई मन्दिर दर्शनमा सहजता हुने विश्वास लिइएको छ ।