२० बैशाख २०८१, बिहीबार

कर्णालीका थप ४ जनामा कोरोना, ३६ जना डिस्चार्ज


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप चार जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दुई, दुई जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरुमा दैलख, सुर्खेत, जुम्ला र मुगुका एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौ सय ६० पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

थप ३६ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा कर्णालीका थप ३६ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय आठ पुगेको छ ।

कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भएको छ भने एक सय ४६ जना संक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरहरुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।