२० बैशाख २०८१, बिहीबार

एमयुले भाद्र १९ भित्र सबै सेमेस्टरका मिडटर्म परीक्षा गरिसक्ने


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्रसंकायले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण सेमेष्टरका मिडटर्म परीक्षाहरु यही भाद्र १९ भित्र सञ्चालन गरिसक्ने तयारी गरेको छ । बुधबार केन्द्रीय क्याम्पसमा शिक्षण समितिका प्रमुखसंगको बैठकले हाललाई मिडटर्म अगाडि अनलाइन कक्षाहरु भाद्र १३ गते सम्म सञ्चालन हुने पनि निर्णय गरेको क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिए ।

साथै उनले सम्पुर्ण तह र सेमेस्टरको मिडटर्म परीक्षा सम्बन्धित शिक्षण समितीले मिक्स मोडेल (अनलाइन र अफलाइन) दुवै माध्यमबाट गर्ने समेत जानकारी दिए ।

मिडटर्म परीक्षा लगत्तै परीक्षा ब्यबस्थापन कार्यालयबाट सन्त्रान परीक्षाको तालिका पनि आउने सम्भावना भएकाले रुटिन बमोजिम आ–आफ्ना कोर्सहरु पूरा गर्न एवम् भर्ना भएका सम्पुर्ण विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी हुन समेत क्याम्पस प्रशासनले सबै शिक्षक तथा विद्यार्थीलाई अनुरोध गरेको छ ।