२१ बैशाख २०८१, शुक्रबार

शिक्षा पत्रकार समूह कर्णालीको संयोजकमा कलेन्द्र सेजुवाल


सुर्खेत । शिक्षा पत्रकार समूह कर्णाली प्रदेश संयोजकमा कलेन्द्र सेजुवाल चयन भएका छन् । समूहको बुधबार बसेको केन्द्रिय कार्य समिति बैठकले सातै प्रदेशमा प्रादेशिक संरचना विस्तार गर्ने क्रममा सेजुवाललाई कर्णालीको संयोजक तोकेको हो ।

सेजुवाल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका कर्णाली प्रदेश ब्युरो प्रमुख समेत रहेका छन् । समूहले प्रदेश १ मा राधिका खनाल, प्रदेश २ मा दीपेन्द्र सिंह, बाग्मती प्रदेशमा धु्रव अधिकारी, गण्डकी प्रदेशमा केशवशरण लामिछाने, प्रदेश ५ मा मनोज पौडेल र सुदुरपश्चिम प्रदेशमा शिवराज भट्टलाई संयोजकको जिम्मा दिएको हो । संयोजकले शिक्षा पत्रकार समूहको प्रादेशिक कार्यसमिति गठन गर्ने बताइएको छ ।