७ बैशाख २०८१, शुक्रबार

रुकुम घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख दिने सरकारको निर्णय


सुर्खेत । सरकारले रुकुम पश्चिमको चौरजहारी घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको यस्तो निर्णय गरेको हो । मंगलबार सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन ।

२०७७ जेठ १० गते राती भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए ।

त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ । रुकुम चौरजहारीको सोती गाउँमा मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो । सोहि क्रममा नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।