२१ बैशाख २०८१, शुक्रबार

दैलेख जादै गरेको जीप दुर्घटना, २ घाईते


सुर्खेत । वीरेन्द्रनगरबाट दैलेख जाँदै गरेको जीप वीरेन्द्रनगर १४ मा दुर्घटना हुँदै दुई जना घाइने भएका छन् । वीरेन्द्रनगर १४ बाखा्र पाल्ने मोडमा मंगलबार बिहान करिव ९ बजे तिर दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

वीरेन्द्रनगरबाट चामल लिएर दैलेख तर्फ जाँदै गरेको लु.अ.अ क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्माको अहिले वीरेन्द्रन्नगर स्थित माया नर्सिङहोममा उपचार भइरहेको प्रवक्ता घर्तीले जानकारी दिए ।