१५ बैशाख २०८१, शनिबार

युवाले गरे गाउँमा बृक्षारोपण


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं १ लुसाका युवाहरुले पहिरोको जोखिम भएको ठाउँमा बृक्षारोपण गरेका छन् ।
लगातारको अविरल वर्षाका कारण धेरै ठाउँ पहिरोको जोखिम बढेकाले सान्नित्रिवेणी गाउँपालिकाका युवाहरुले आफ्नो गाउँमा रहेको पिपल कोटको आसपासमा बृक्षारोपण गरेका हुन् ।
लुसामा रहेको पिपल कोट पहिरोको उच्च जोखिममा रहेको भन्दै सोही कोटको आसपासमा करिव २ सय भन्दा बढी सल्लो, बकाइनो र उत्तिसका रुखहरु रोपेको अन्तराष्ट्रिय नागरिक सेवा स्वयमसेवक टंक प्रसाद जैसीले बताए । उनले लुसामा पिपलकोट पहिरोको उच्च जोखिममा रहेकाले यहाँका युवाहरुको सक्रियतामा बृक्षारोपण गरेको बताए ।
बृक्षारोपणले पहिरोलाई केही नियन्त्रण गर्ने भएकाले युवाहरुले आफ्नो गाउँ आफै जोगाउँ भन्ने उद्देश्यकका साथ २ सयभन्दा बढी विभिन्न विरुवाहरु रोपेको स्थानीय युवा लक्ष्मि सुवेदीले जानकारी दिए । उनले अहिले लकडाउनका अवधिमा युवाहरु गाउँमा भौतारिनुभन्दा सामाजिक कार्यमा लाग्नु उचित भएकाले आफुहरुले विभिन्न निकायसंग २ सय भन्दा बढी विरुवा माग गरेर बृक्षारोपण गरेको जानकारी दिए ।