२१ बैशाख २०८१, शुक्रबार

युवा जागरण अभियान कर्णाली प्रदेश संयोजकमा बिष्ट


सुर्खेत । युवा जागरण (सजगता) अभियानको कर्णाली प्रदेश संयोजकमा ईश्वरबहादुर बिष्टलाई नियुक्त गरिएको छ । अभियानले सबै प्रदेशका संयोजक नियुक्त गर्ने क्रममा बिष्टलाई कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी तोकिएको हो ।

युवा जागरण (सजगता) अभियानको संगठन बिस्तार, नीति, योजना तथा कार्यक्रम संचलान गर्न प्रत्येक प्रदेशका संयोजनक तोकिएको अभियानका केन्द्रीय अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।

जस अन्तर्गत सुदुरपश्चिम प्रदेशमा संयोजकमा ई.भुवन भट्ट, गण्डकी प्रदेश संयोजकमा सुशील तिमल्सेना, प्रदेश २ संयोजकमा संजिव कुमार यादव र प्रदेश १ संयोजकमा प्रेमिका रानामगरलाई जिम्मेवारी दिइएको हो ।