२० बैशाख २०८१, बिहीबार

कर्णालीका थप १९ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा दैलेखका ११ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा सल्यानमा दुई जनामा संक्रमण देखिएको हो ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका ६ जनामा कोरोना भाइरसका संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार तिन सय ६३ पुगेको छ ।

थप १५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या दुई हजार ४० पुगेको हो ।

कुल संक्रमित पुष्टी भएका मध्ये हाल सम्म ६ जनाका मृत्यु भएको छ भने तिन सय १७ जन सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।