१९ बैशाख २०८१, बुधबार

कालिकोटको नाग्ममा पहिरो १ जनाको मृत्यु


सुर्खेत । कालिकोटको नाग्ममा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राती जिल्लाको तिलागुफा नगरपालिका–१ स्थित नाग्म बजार क्षेत्रको ३० मिटर माथीबाट आएको पहिरोमा परी बजार क्षेत्रका कयौँ घरहरु पुरिएका छन् ।

पहिरोमा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनालाई सकुसल उद्वार गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले जानकारी दिए ।

उनले भने, ‘त्यस क्षेत्रमा उद्वारका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरो गएको क्षेत्रमा फोनले राम्रोसँग काम नगर्ने भएकाले हामीलाई थप विवरणहरु संकलन गर्न कठिनाई भएको छ ।’

पहिरोमा परि १४ जना अझै पुरिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी गैरेले जनाए । उद्वारका लागि नेपाली सेनाको हेलिकप्टरका लागि गृह मन्त्रालयसँग समेत अनुरोध गरिरहेको उनले भनाई छ ।