२० बैशाख २०८१, बिहीबार

कर्मचारीमा संक्रमण देखिए पछि मन्त्रालयबाट दिइने सेवा बन्द


सुर्खेत । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि बन्द गरिएको हो । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रालयका एक जना कार्यालय सहयोगी, तिन जना सशस्त्र प्रहरी, एक जना सवारी चालक र एक नेपाल प्रहरीमा संक्रमण पुष्टी भएको जानकारी दिए ।

मन्त्रालयमा कार्यरत कर्मचारीमा संक्रमण देखिए पछि मन्त्री नरेश भण्डारी लगाएत अन्य कर्मचारी होम आइसोलेसनमा बसेको खड्काले जानकारी दिए । सात दिनपछि बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिने उनले बताए ।