१४ बैशाख २०८१, शुक्रबार

हुम्लामा विष सेवनबाट एक जनाको मृत्यु


हुम्ला । बिष सेवनबाट हुम्लामा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–४ का ४५ वर्षिया एक पुरुषको ज्यान गएको छ । शुक्रबार साँझ आफ्नै घरमा विष सेवन गरेका छविलाल लामाको राती १० बजे मृत्यु भएको जिल्ला अस्पताल हुम्लाका डा. नविन रोकायाले जानकारी दिए ।

उनका अनुसार घरमा कोही नभएको मौका पारेर विष सेवन गरेका लामाको स्थिती नाजुक भएकै अवस्थामा अस्पतालमा पुर्याइएको थियो । जिल्ला अस्पतालको टोलीले अनेक प्रयास गर्दापनि अत्याधिक मात्रमा विष सेवन गरेका उनलाई बचाउन नसकिएको उनको भनाई छ ।

विष सेवनवाट बेहोश लामाको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा मृत्युभएको डा. टसि आंजुक लामाले जानकारी दिए । आफनै घरमा विष सेवन गर्नुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।