६ जेष्ठ २०८१, आईतवार

सञ्चालनमा आए लामो दुरीका यातायात


सुर्खेत । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण लामो समय सम्म ठप्प रहेको यातायात सेवा आज (बिहीबार)बाट सुरु भएका छन् । केन्द्र सरकारले मन्त्रिपरिषद्को बैठकले असोज एक गतेबाट लामो दुरीका यातायात सेवा सरुचारु हुने निर्णय गरेको थियो ।
सरकारको निर्णय भए संगै वीरेन्द्रन्गरबाट छुट्ने लामा तथा छोटा दुरीका यातायात सञ्चालन भएका छन् । यातायात खुले संगै वीरेन्द्रनगर बसपार्कमा मानिसहरुको चहलपहल सुरु भएको छ । भने काउन्टरहरुमा अग्रिम टिकट काट्ने काम समेत सुरु भएको छ ।
वीरेन्द्रनगरबाट बिहिबार अन्य प्रदेश तथा कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने यात्रुहरुले टिकट बुकिङ्ग गर्न थालेको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । आधा सिटमा यात्रु राख्ने, भाडाको पचास प्रतिशत बढी लिने गरेर गाडी सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।

लामो र छोटो दुरीका सवारी साधनबाट सरकारले तोकेको भाडादरअनुसार भाडा लिइने सापकोटाको भनाई छ ।
असोज १ गते विश्वकर्मा पूजा भएकाले आंशिक रुपमा सवारी सञ्चालनमा आउने देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले बताए । उनले केही दिनमा पूर्ण रुपमा सवारी सञ्चालनमा आउने बताए ।