२४ बैशाख २०८१, सोमबार

सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ४० पुग्यो


सल्यान । सल्यानमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितो संख्या तीन सय ४० पुगेको छ । प्रदेश प्रयोगशाला, पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा भदौ ३० गते गरिएको पीसीआर परीक्षणकोमा थप ३४ जनामा संक्रमण पुष्टी भए संगै यो संख्या बढेको हो ।

नयाँ थपिएका ३४ जनामध्ये ३३ जना बन्गाडकुपिण्डे नगरपालिकाका र एक कुमाख गाउँपालिकाका रहेका छन । पछिल्लो समय ८ महिला र २६ पुरुषमा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालयका सल्यानले जनाएको छ ।

कुल संक्रमित मध्ये ३ सय जना निको भएर घर फर्कि सकेका छन्, भने ४० जना संक्रमित जिल्लाका विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार १० स्थानीय तहमध्ये सबैभन्दा बढी बन्गाडकुपिण्डेमा २ सय २१ जना रहेका छन् ।