१४ बैशाख २०८१, शुक्रबार

रारामा साईकल लेनको शिलान्यास


सुर्खेत । मुगुको राराताल वरिपरि चलाउन मिल्ने साइकल लेनको शिलान्यास गरिएको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको लेनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको क्रमागत योजनाको रुपमा आर्थिक वर्ष २०७६÷०७७ मा तीन करोडको ठेक्का आव्हान गरेको थियो । उक्त ठेक्का शंकर मालि जेभी कम्पनीले दुई करोड ८८ लाखमा लिने कबोल गरेको छ । तालको वरिपरिको साढे चौध किलोमिटर साइकल लेन बन्ने बताइएको छ ।

सिलान्यास गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बुढाले यो वर्ष एक किलोमिटर बनाईने र आगामी वर्ष थप बजेट थप्दै तालको वरिपरि साइकल लेन बनाइने बताए ।

साइकल लेन बनाइएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटनले यस क्षेत्रको आयस्तरमा वृद्धि हुने र त्यसले थप रोजगारीका अवसर सिर्जना गर्दै जनजीवनलाई समृद्ध बनाउने विश्वास आफूले लिएको उनको भनाई छ ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले साइकल बाहेक अन्य सवारी साधनहरु रारातालमा नपु¥याउने बताए । तालको प्राकृतिक स्वरुपको जगेर्ना गरिराख्न मिलिचौर भन्दा तल साइकल मात्रै लैजान पाईने र साइकल यात्रा गर्न दिइने उनको भनाई छ ।