१ जेष्ठ २०८१, मंगलवार

डा.केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण


सुर्खेत । नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले अनशनरत डा.गोविन्द केसीका काम सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । नयाँ शक्तिका तर्फबाट कर्णबहादुर बुढाले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मार्फत ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन ।

ध्यानाकर्षण पत्रमा १० वर्ष जनयुद्धबाट आएका कर्णालीका मुख्यमन्त्रीले प्रदेशका जनताको गुणस्तरीय शिक्षा तथा स्वास्थ सेवाको लागि कुनै पहल नगरेको आरोप लगाइएको छ । भने डा.केसीका माग पूरा गरेर उनको जीवन रक्षा गरिदिन माग गरिएको छ ।