१७ बैशाख २०८१, सोमबार

डा. केसीको जीवनरक्षा गर्न माग


काठमाडौं । नेपाल चिकित्सक संघले पाँच दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा.केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन गरी जीवन रक्षा गर्न माग गरेका हो ।

संघका महासचिव डा. बद्रि रिजालद्वारा हस्ताक्षेरित विज्ञप्तिमा एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्नु परेको बताए ।

डा. केसी संग नेपाल सरकारले गरेका सम्झौताहरूको अक्षरसः कार्यान्वयन नगर्दा डा. केसी १९ औं पटक सत्याग्रहमा होमिन बाध्य भएको बताइएको छ ।