६ जेष्ठ २०८१, आईतवार

असोज ५ बाट आन्तरिक उडान सुरु हुने, बुद्ध एयरले सुर्खेत–काठमाडौं उडान गर्ने


सुर्खेत । असोज पाँच गतेबाट नेपालमा आन्तरिक उडान सुरु हुने भएका छन् । यस अघि सरकारले असोज १ गतेबाट सार्वजनिक सवारी, हवाई उडान र होटल रेष्ट्ररेन्ट खुला गर्ने निर्णय गरेको थियो । सार्वजनिक सवारी र होटलहरु असोज १ गतेबाट सुचारु भएपनि हवाइ उडान भने सञ्चालनमा आएका छैनन् ।

अब असोज ५ गते सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आउने भएका छन् । आन्तरिक उडान सुरु भए संगै बुद्ध एयरले सुर्खेत–काठमाडौँ उडान गर्ने बताएको छ ।

बुद्ध एयर प्रा.लि. सुर्खेतका ईन्चार्ज नरबहादुर बस्नेतले पहिल्यको समय तालिका अनुसार बुद्धले उडान गर्ने बताए । यदि मौसम प्रतिकुलका कारण मात्रै उडान तालिका तलमाथि हुन सक्ने बताए । कोरोना महामारीबाट बच्न आवश्यक सावधानीहरु सुर्खेत नागरिक उड्डयन कार्यालयले गरिसकेको बस्नेतले जनाए ।