२३ बैशाख २०८१, आईतवार

पारसको जिवन बचाइदिन परिवारको अपिल


सुर्खेत । ‘रातीको १२ बजेको थियो । चिच्याएको आवज आयो । एक्कासी हल्ला(खल्ला भयो । म पनि मिठो निन्द्राबाट झसंङ्ग ब्युझिँए ।
गाउँका छिमेकीहरु एक(ब् मेरो घर तर्फ ओर्लिए । के भएको रहेछ । भनेर म पनि पछि(पछि गएँ । घरमा पुग्दा आगो लागेको रहेछ । घरमा त्यो दिन एक्लैँ सुतेको मेरो जेठो छोरा पारस को आधाँ शरिर आगोले जलिरहेको रहेछ । त्यो दृर्श हेर्नै सकेन ।’ आगोबाट पिडित पारस बुढाका बाबा धनिराम बुढाले भने ।’

सुर्खेत जिल्लाको पश्चिमा पर्ने पञ्चपुरि नगरपालिका २ च्युरिखेतका १८ बर्षका पारस बुढाको आगोले पोलिदा दुइवटा खुट्टा, हात सँगै छातीको बाहिरको भाग सबै जलेको छ । गत भदौँ २७ गते राती १२ बज्ये तिर उनि एक्लैँ सुतेको कोठामा आगो लाग्दा उनको आधाँ शरिरि आगोले डडेको हो । हाल १८ बर्षका पारस राम्रो सँग बोल्न र हिड्डुल गर्न भने सक्दैनन् । उनि त्यो दिनबाट बिस्तारामै रहेका उनका बुबा धनिराम बुढा बताउँछन् ।

उनका बुबा धनिरामका अनुसार उक्त दिन घरमा भएका चार सदस्यहरु मध्ये पिडित पारस बुढा घरमै थिए । भने उनका बुबा धनिराम, आमा बालिका र भाइ खेमराज बुढा अर्को घरमा बस्न गएका रहेछन् । सानै उमेर देखी पारस बुढाको मानसिक सुन्तलन बिग्रीएको उनका दाइ मोहन रावलले बताए । पारसका बुबा धनिरामका अनुसार धुर्मपान तथा मध्यपानको कुलतमा परेको कारण कहिले काहीँ सेवन गर्ने भएकोले उक्त रातीको समयमा एक्लै हुदाँ चुरोट खादाँ आगो लागेको हुन सक्ने अनुमान गरिएको बुबाले बताए । उनले भने ‘कहिले काही मानसिक असुन्तलन बिग्रको समयमा एक्लै हिड्ने, भौतारिने गर्ने ग¥थ्यो । गाउँघरमा उपचार गरियो तर कति पनि सन्च्यो भएन । झन मानसिक सन्तुलन बिग्रीदैँ गायो ।’

बुबा धनिरामले आफ्नो छोरालाइ बचाइदिन सबैको सामु अपिल गरेका छन् । उनको घरमा पारिवारिक, सामाजिक तथा आर्थिक अवस्था नाजुक भएकाले उपचारमा मात्र पाँचरसातलाख रकम लाग्ने अस्पतालले जनाए पछि सबैलाइ आफ्नो छोरा बचाइ दिन अपिल गरेका हुन् ।
बुबा धनिरामले नेपाली रैवार सँग रुदैँ भने ‘गाँउले हरुको सहयोगले समयमै आगो लागेको कोठाबाट उद्धार गर्न सफल त भइयो तर उपचार गर्न भने हामीलाइ हम्मेहम्मे भएको छ’, ‘उक्त कोठामा छोरो सँगै भएको लुगा, कपडा भने सबै जलेर खरानी भएका छन् कोठामा भएको सामान जलेर ५० हजार बराबारको क्षेती भएको छ ।’

पारसको उपचारको लागि भदौ २८ गते नै बाकेँको नेपालगन्ज मेडिकल कलेजमा लगिएको र उक्त कलेजमा उपचार गर्न नसकिने भन्दैँ काठमाडौँ लग्न अनुरोध गरिएको पारसका दाइ महोन रावलले बताए । उनले भने ‘आर्थिक अवस्थान साह्रैँ नाजुक भएका कारणले काठमाडौँ लग्न नसक्दाँ सुर्खेतको प्रदेश अस्पतालमा हाल उपचारको लागि भर्ना गरिएको छ’, ‘उसको पुरा उपचारको लागि पाँचरसातलाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।’

उनको हाल अस्पतालमा दैनीक ड्रेसिङ्ग भइ रहेको छ । साथै तीन दिन भित्रमा औषधी तथा ड्रेसिङ्गमा तथा एम्बुलेनस खर्च गरेर जम्मा ४५ हजार खर्च भइसकेको दाइ महोन रावले जानकारी दिए ।

पारसको उपचारको लागि सहयोग गर्न इक्षुक महानुभावले दाइ मोहन रावलको मोबाइल नम्बर ९८४४८९८७९६ मा सम्पर्क गरि पत्यक्ष रुपमा भेटेर पनि सहयोग गर्न सकिने अथवा उनको एनसिसि बैंकमा रहेको खाता न ०५८०००००१८६१३ मा पनि सहयोग गर्न सबैको सामु अनुरोध समेत गरेका छन् ।