१५ बैशाख २०८१, शनिबार

मानवअधिकार संरक्षणका गर्न मानवअधिकार समूहको कार्य योजना तयार


कालीकोटः शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक कालिकोटद्धारा जिल्लाको खाँडाचक्र नगरपालिकामा गठित मानवअधिकार समूहले वार्षीक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने भएको छ । मानवअधिकार समूहको अयोजनामा असोज १६ गते आयोजित समस्या पहिचान तथा कार्य योजना निमार्ण सम्वन्धि वैठकले नगरपालिकाको मानवअधिकार संरक्षणका लागि योजना निमार्ण गरेको हो । इन्सेक कालिकोट जिल्ला प्रतिनिधिको सहजिकरणमा तयार पारिएको कार्यायोजनामा क्वारेन्टाइन रहेका विद्यालयमा भएको भौतिक क्षति, जिल्ला अस्पताल लगाएत स्थानीय स्वास्थ्य संस्थामा देखिएको उपकरण, जनशक्ति, भित्र खरको छानामुक्त वनाउने नगरपालिकाको निणर्य कार्यान्वयन नभएको विषय लगाएतका समस्याहरुलाई समावेश गरिएको छ । खाँडाचक्र नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्वन्धि सवाल पहिचान गरि कार्यायोजना निमार्ण गरिएको र सोही अनुसार कार्यान्वय गर्ने मानवअधिकार समूहका अध्यक्ष अविसरा अधिकारीले वताइन् । असोज १५ गते वसेको मानवअधिकार समूहको नियमित वैठकमा इन्सेकद्धारा कालिकोटमा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि वनाउने कार्यक्रमको वारेमा जानकारी गराइएको थियो । यस्तै वैठकमा खाडाचक्र नगरपालिकामा मानवअधिकार संरक्षणका लागि कार्यायोजना वनाई प्रभावकारी कार्यान्वयन गर्ने समेत निणर्य गरिएको थियो ।