२ जेष्ठ २०८१, बुधबार

दक्षिण कोरियाबाट महावैमा सहयोग


कालीकोटः कालीकोट जिल्लाको महावै गाउँपालिकालाई दक्षिण कोरिया महावै एकता समाजले सहयोग गरेको छ ।
महावै गाउँपालिकामा आएको पहिरोले पीडित बनेका र अति विपन्न गरिव घर परिवारलाई महावै गाउँपालिकामा घर भई दक्षिण कोरिया महावै एकता समाजमा आवद्ध भएका नागरिकले सहयोग गरेका हुन् । उनीहरुले महावै गाउँपालिकाको वडा नं ६ र वडा नं ३ का पहिरो पीडितहरुका लागि २ लाख रकम सहयोग गरेको राजन अधिकारीले बताए ।
उनका अनुसार महावै गाउँपालिका वडा नं ७ मा आएको पहिरोमा परि मृत्यु भएकार अति गरिव ६ घरपरिवारलाई १६ हजार ६ सयका दरले वडाध्यक्ष सिंहबहादुर शाहीले हस्तान्तरण गरेका छन् । आफुहरुलाई दुख परेको बेला थोरै भएपनि राहत उपलव्ध गराएको भन्दै पहिरो पीडित तुल महताराले खुसी व्यक्त गरे ।
अहिले बिश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ को संक्रमण छ, काम गर्न पाईर्दैन दक्षिण कोरियाबाट पाएको सहयोगले गुजारा चलाउनुपर्ने बाध्यता भयो महावै गाउँपालिका–७ की धन्का विक र पदमे दमाईले गुनासो गरे ।