१७ बैशाख २०८१, सोमबार

शनिवार थप ४ जनामा कोरोना संक्रमण


कालीकोटः शनिवार कालीकोटका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्टान जुम्लामा गरिएको परिक्षणमा कालीकोटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय कालीकोट जिल्लामा एकाएक कोरोना संक्रमण हुनेको संख्या बुद्धि हुर्दै गएको छ । विहिवार मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कालीकोटमा परिक्षणको दायरा बढाउनुपर्ने भन्दै नागरिकले आवाज उठाउर्दै आएका छन् । समयमा परिक्षण नहुदा पनि कालीकोटमा कोरोना संक्रमण दर बृद्धि हुने पक्का भएको छ ।
करिव २० दिनभन्दा बढी कोरोना संक्रमण मुक्त रहेको कालीकोटमा असोज १५ गतेदेखि कोरोना संक्रमितको दर बढ्र्दै गएको हो । शनिवार आएको रिपोट अनुसार जिल्लाको नरहरिनाथ गाउँपालिका–६ का ४८ र १७ वर्षिय पुरुष, शुभकालीका गाउँपालिका–२ का १२ वषिय महिला, र तिलागुफा नगरपालिका–१० का २८ वषिय महिलामा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत एवं स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिएका छन् ।
१५ गतेदेखि कोरोना संक्रमण पुष्टि भएका १४ जनामध्ये १० जनालाई कालीकोटको एकिकृत भवनमा निमार्ण गरिएको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ भने ४ जना तिलागुफा नगरपालिका–४ राँचुलीको आइसोलेसनमा राखिएको छ । १० जना पुरुष र ४ जना महिला कोरोनाको उपचार गराईरहेका छन् ।