२१ बैशाख २०८१, शुक्रबार

हुम्लामा महिला माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग


सुर्खेत । हुम्लामा देवर नाता पर्ने संग प्रेम गरेको भन्दै महिला माथि दुर्व्यवहार गर्नेलाई कारवाहिको माग गरिएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै अन्तर पार्टी महिला सञ्जालले दोषीलाई कारवाहिको माग गरेको हो ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष तथा कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति अध्यक्ष देवि ओली र सञ्जालकी सचिव हिमाकुमारी वनले संयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्तीमा दोषीलाई कडा कारवाहिको माग गरिएको छ ।

यस अघि हुम्लाको सिमिकोट गाँउपालिका–७ मा असोज १६ गते देवर नाता पर्नेसँग प्रेम गरेको आशंकामा २३ बर्षीया किशोरीलाई अमानविय तरिकाले चरम दुव्र्यवहार भएको थियो ।

मुलुकमा सामन्ति, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको परिकल्पनासहितको नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष बिने पनि यस्ता खालका खटनाहरु समाजमा खटिरहनु दुखत भएको बताइएको छ ।

‘संविधानको मर्म र भावना अनुसार मुलुकी देवानी संहिता र फौंजदारी संहिता २०७४ लगायत धेरै ऐन, कानून बनिसकेका छन तर पितृसत्तात्मक सामान्ति चिन्तन र सोचमा आधारित विभेद, दुर्व्यवहार अपमान र उत्पीडन आज पनि नेपाली महिलाहरूले यो वा त्यो बहानामा भोग्नु नै परेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

‘घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी सत्य तथ्यका आधारमा अपराधिलाई कानून बमोजिम हदैसम्मको कडा भन्दा कडा सजाय होस् भनी सम्बन्धित निकायसँग जोडदार माग गदैछौं ।’ विज्ञप्तीमा भनिएको छ ।