२१ बैशाख २०८१, शुक्रबार

गोरु काट्नेलाई एक वर्ष ९ महिना जेल सजाय


सुर्खेत । बारीमा बाँधिराखिएको गोरु काट्नेलाई जिल्ला अदालत दैलेखका एक बर्ष नौ महिनाको जेल सजाए तोकेको छ । अदातलका न्यायाधीस दण्डपाणि लामिछानेको इजलासले एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको हो ।

गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टमाथि उक्त सजायको फैसला गरिएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको २ सय ८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनका अनुसार विष्टबाट ४० हजार क्षतीपूर्ती भराउन पनि अदालतले फैसला गरेको छ ।

गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका थिए । एक गोरुको काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।