८ जेष्ठ २०८१, मंगलवार

विश्वमा कोरोनाबाट धेरै प्रभावित देशहरु


एजेन्सी, काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । विशेष गरी युरोप, एसियामा कोरोनाको प्रकोप एकदमै धेरै रहेको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६८ लाख ३५ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख पाँच हजार पाँच सय ५४ जनाको मृत्यु भइसकेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ५६ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । कोलम्बियामा ८ लाख ७७ हजार ६८३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार १८० जनाको मृत्यु भएको छ ।

स्पेनमा ८ लाख ७२ हजार २७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार पाँच सय ६२ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ४० व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार दुई सय २६ जनाको मृत्यु भएको छ । यस्तै पेरुमा ८ लाख ३५ हजार ६ सय ६२ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ७ लाख ३९ हजार १८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८२ हजार सात सय २६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ८५ हजार एक सय ५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार दुई सय ४८ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म १० लाख ६१ हजार ७ सय ७९ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६४ लाख ७० हजार पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ५३ हजार भन्दा बढी हजार निको छन् भने करिब ७९ लाख ५४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरूको घोषणा गर्न थालिएको छ ।