९ जेष्ठ २०८१, बुधबार

कर्णालीमा थप ६७ जनामा कोरोना, ५१ जना निको भए


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ५९ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच जना र चौरजहारी अस्पताल रुकुम पश्चिममा गरिएको परिक्षणमा तीन जनामा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या चार हजार एक सय चार पुगेको छ ।

थप ५१ जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप ५१ जना संक्रमित निको भएका छन् । यो संगै कर्णालीमा निको हुनेको संख्या तीन हजार दुइ सय ८० पुगेको छ । हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये १० जनाको मुत्यु भएको छ भने सात सय १८ जना सक्रिय संक्रमित प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।