२१ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमितले गरे कोरोना विशेष अस्पतालमा सरसफाई


सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा सरसफाई गरिएको छ । अस्थाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले सरसफाई गरेका हुन ।

आइसोलेसनमा रहेका अस्पतालका कर्मचारी र अन्य संक्रमितहरु मिलेर सरसफाई गरिएको अस्पतालका रेडियोग्राफर भक्तबहादुर बिसीले जानकारी दिए ।

आइसोलेसनमा रहनेहरुले आफुले प्रयोग गर्ने ठाउँ, सामाग्रीको सरसफाई गर्नुपर्छ भन्ने सन्देश दिनको लागि सरसफाई गरिएको उनको भनाई छ । हाल कोरोना विशेष अस्पतालको आइसोलेसनमा ७२ जना संक्रमितहरु रहेका छन् ।