२० बैशाख २०८१, बिहीबार

संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त


सुर्खेत । सत्तारुढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलको सतेकमा कुर्मराज शाही नियुक्त भएका छन् । आज (मंगलबार) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहीलाई सतेकमा नियुक्त गरेका हुन् ।

नेकपाका बरिष्ठ नेता माधव नेपाल समूहका शाहीले सचेतक पद पाउने भएपछि मुख्यमन्त्री शाही बिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । यसअघि नेकपा संसदीय दलको सचेतकमा सीता कुमारी नेपाली थिइएन ।

आइतबार १८ जना सांसदहरुले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दलमा दर्ता गराएपछि तत्कालिन सांसद गुलावजंग शाहलाई पदमुक्त गरेका थिए ।