४ जेष्ठ २०८१, शुक्रबार

सुर्खेतका १०७, सहित कर्णालीमा १३१ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय ३१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पाल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक सय २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा आठ जनामा संक्रमण देखिएको हो ।

संक्रमित मध्ये सुर्खेतका एक सय सात जना, कालिकोटका ६ जना, जुम्लाका पाँच जना, दैलेखका तिन जना र हुम्लाका दुई जना र अन्य प्रदेशका आठ जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या चार हजार ६ सय ५१ पुगेको छ ।

७९ जना निको भए

पछिल्लो २४ घण्टामा ७९ जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कर्णालीमा कुल निको हुनेको संख्या तीन हजार पाँच सय ३१ पुगेको छ । कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ११ जनाको मृत्यु भएको छ भने नौ सय ६१ जना संक्रय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।