५ बैशाख २०८२, शुक्रबार

विद्यालय बन्द गरेर नेकपाको कार्यक्रम


कालीकोटः जिल्लामा रहेको एक विद्यालय बन्द गरि पाटीको कार्यक्रम संचालन गरिएको पाइएको छ । पचालझरना गाउँपालिका–१ सिकुको सरस्वती मावि विद्यालय बन्द गरेर नेपाल कम्यूनिष्ट पाटी नेकपाले आफ्नो पाटीको कार्यक्रम संचालन गरेको पाइएको हो ।
पाटीको कार्यक्रमका लागि विद्यालय बन्द गरेर विद्यार्थीको पठनपाठन अवरुद्घ हुँदा समेत स्थानीय सरकार मौन रहेको पचालझरना गाउँपालिका–१ का स्थानीय नागरिकले गुनासो गरेका छन् । कोरोना महामारीको बेला शैक्षिक संस्थाहरु बन्द भएपनि अहिले कालीकोटमा पहिलो पटक विद्यालय खोल्ने निर्णय गरि विद्यालय खोलेको पचालझरना गाउँपालकाले विहिवारबाट मात्र सरस्वती माविको पठन पाठन सुरु गरेको थियो । विहिवार र शुक्रबार पढाई भएको विद्यालयमा आइतबार नेकपा पाटीको कार्यक्रमले विद्यालय नै बन्द भएको छ ।
विद्यालय र विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको भविश्यमाथी खेलवाड गरीरहेको नाम नबताउने शर्तमा एक अभिभावकले बताए । उनले विद्यालय नै बन्द गरेर विद्यालयमा पाटीको कार्यक्रम संञ्चालन गर्नु उपयुक्त नभएको गुनासो गरे । यसरी विद्यालय बन्द हुँदा विद्यार्थीको पाठ्यक्रम पुरा नहुने अभिभावकले बताए । एक त कोरोनाले अहिलेसम्म विद्यालय संचालन भएनन् ३ दिन अघिदेखि संचालनमा आएको विद्यालयमा पनि आईतबारको दिन पाटीको कार्यक्रमले विदा भयो । भोली अन्य पाटीले पनि कार्यक्रम गर्ने होलान् हाम्रो बालबालिकाको भविष्य अन्धकार हुने भयो एक स्थानीयले भने ।
समयमै पाठ्यक्रम नपुग्ने कालीकोट जिल्लामा पाठ्यक्रम पुगेपनि विद्यालयमा नियमित पढाइ नहुँने गर्नाले जिल्लाका विद्यार्थीको पढाइ कमजोर हुने गरेको छ भने केही विद्यालयमा विगतका परिक्षाको नतिजा पनि कमजोर आउने गरेको छ । शिक्षक र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी विद्यार्थीको पढाइ भन्दा पनि पाटीको कार्यक्रमलाई जोड दिदा विद्यार्थीको पढाई कमजोर हुदै गएको हो ।
विद्यालय नै बन्द गरि कर्णाली प्रदेश सभाका सदस्य एवं सचेतक कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा पाटीको कार्यक्रम गरिएको थियो । यस विषयमा थप बुझ्न खोज्दा सरस्वती माविका प्रधानाध्यापकको फोन उठेन ।