३ बैशाख २०८२, बुधबार

पीडित बालिकालाई आर्थिक सहयोग


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–११ ढिम्नीया घर भइ नेपाली सेनामा कार्यरत २२  वर्षीय वीरेन्द्र शाहीबाट बलात्कृत भएकी १६ वर्षीया बालिकालाई कानूनी सहायताको लागि इन्सेकले आर्थिक सहयोग गरको छ ।

मानवअधिकार सहायता कक्ष इन्सेकले कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल मार्फत पीडितलाई सहयोग रकम पठाएको थियो । मल्लले शुक्रवार विहान नेपाल बार एसोशियसनका अध्यक्ष दमनराज बम र पत्रकारको रोहबरमा १० हजार नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

पीडित बालिकालाई कालीकोट स्थित रणसुर गुल्मका जवान शाहीले भदौ १३ गते बलात्कार गरेको पीडितको आरोप थियो । बालीकाको आर्थिक अवस्था कमजोर भएका कारण पीडित बालिकाले आवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी थिइन ।