२६ फाल्गुन २०८१, सोमबार

एकै साथ २ वटा भवनको शिलान्यास


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई वटा भवनको एकैसाथ शिलान्यास गरिएको छ ।
नरहरिनाथ गाउँपालिकामा रहेको विश्वकुनमा माध्यमिक विद्यालय माझगोठिमा २ वटा भवनको शिलान्यास गरिएको हो । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट र उपाध्यक्ष मनशोभा बुढाले भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भवनको समस्याले पढाईमा समस्या नहोस् भन्ने हेतृले नरहरिनाथ गाउँपालिकाले भवनविहिन भएका विद्यालयमा भवन निमार्णको कामलाई जोड दिएको छ ।
बालबालिकाको पढाई कमजोर नहोस् भन्दै गाउँपालिकाले शिक्षा शाखाबाट ३ कोठे भवन र प्रदेश सरकारको बजेटबाट २ कोठे भवन गरि ५ कोठे दुईवटा भवनको एकै साथ शिलान्यास गरेको हो । भवनको शिलान्यासमा नरहरिनाथ गाउँपालिका–३ का वडाध्यक्ष टक्क विष्ट, ४ का वडाध्यक्ष नरबहादुर बोगटी शिक्षा विभागका प्रतिनिधि रत्नसिंह साउँद लगायतको उपस्थिति रहेको थियो ।