१५ बैशाख २०८१, शनिबार

२० वेडको कोभिड अस्पताल संचालनमा


कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकाले २० वेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण कालीकोटमा पनि दिनप्रतिदिन फैलिदै गएकाले शुभकालीकाले आफ्नो स्थानीय तहका नागरिकको स्वास्थ्यको ख्याल गर्दै २० वेडको अस्पताल संचालनमा ल्याएको हो । अस्पतालमा अक्सिजन सहितको सेवा प्रवाह हुने गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाई बताए ।
उनका अनुसार शुभकालीकामा पनि कोभिडका विरामी बढ्दै गएकाले गाउँपालिकाले आफ्नै लगानीमा कोभिड अस्पताल संचालनमा ल्याएको हो । अव कोभिडका विरामीलाई घर घरमा आइशोलेशनमा बसाल्नुभन्दा पनि कोभिड अस्पतालमा राखेर उनीहरुको उपचार गरिने गाउँपालिकाले जानकारी दिएको छ । यसभन्दा पहिले शुभकालीका गाउँपालिकामा कोरोनाका कारण एक स्थानीय नागरिकले ज्यान गुमाएपछि गाउँपालिकाको सक्रियतामा २० वेडको अस्पताल निमार्ण गरिएको छ ।