१४ बैशाख २०८१, शुक्रबार

क्यान्सर जितेर कृषि पेशामा


कालीकोटः देशमा रोजगारीका अवसर नभएको भन्दै अहिले सयौँ युवाहरु विदेशीने गरेका छन् । तर कालीकोटका एक जना युवाले भने स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदारण दिएका छन् ।
खाडाचक्र नगरपालिका–५ का भिमबहादुर कार्की बैदेशिक रोजगारमा जानका लागि २०७४ सालतिर काठमाण्डौं गए । उनले आफ्नो ठाउँमा कुनै रोजगारीको अवसर नपाएर बैदेशिक रोजगारीमा जाने निर्णय गर्दै काठमाण्डौं गएका थिए ।
उनी काठमाण्डौं गए र विरामी परे अस्पतालमा जादा उनलाई क्यान्सर भएको थियो ।  बैदेशिक रोजगारीमा गएर कमाएको पैशाले परिवार पाल्ने उनको सपना सपनामै सिमित भयो । करिव १०÷१२ लाख खर्च गरि उनी घर फर्किए । बैदेशिक रोजगारीमा जाने भनेर गएका कार्की घरमा फर्किसकेपछि सवैको सपना चकनाचुर भयो । उनले जिल्लामा आएर कृषिबाट पलाष्टिक टनेल लगेर कृषिमा लागे ।
सुरुमा एक रोपनी जग्गाबाट कृषि सुरु गरेका कार्कीले अहिले १० रोपनीमा कृषि खेती गरिरहेका छन् । १५ हजारको लगानीबाट उनले कृषि पेशा सुरुवात गरे । उनले आफ्नै विकास तरकारी उत्पादन फर्म दता गरि व्यवसायीक कृषि पेशामा लागे र अहिले कृषिबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले गरेको कृषिबाट अहिले उनको टोल कृषिमा आत्मनिर्भर बनेको छ । टोलमा समुह गठन गरि समुहमा भएका सवै नागरिक कृषिमा लागेको कार्कीले बताए ।


उनले भने, ‘सानैमा टुहुरो भइयो राम्रो संग पढ्न पनि पाइएन बैदेशिक रोजगारीका लागि तयार भए शारिरीक अवस्थाले जान दिएन घरमा फर्किए र कृषिमा लागे ।’ संघिय सरकारको कृषि क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोगमा खाडाचक्र नगरपालिकाको प्राविधिक सहयोग लिदै आफुले कृषि गरिरहेको कार्कीले बताए । उनले भने, ‘आफु विरामी हुदा लागेको १०÷१२ लाख रुपैया कृषि पेशाबाट भएको आम्दानीले तिरे ।’ अहिले आफुले उत्पादन गरेको तरकारी दैनिक जसो ५ क्विन्टर बजारमा जाने गरेको कार्कीले बताए ।
अहिले कार्कीको खेतवारीमा चिचिण्डा, भेडे खुर्सानी, हात्ति सुडे खुर्सानी, भान्टा, सिमि, टमाटर, काक्रा, फर्सी, चिप्ले भिन्डी लगायतका तरकारी पाइने गरेको खाडाचक्र नगरपालिका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेले बताए । उनले भने, ‘पछिल्लो समय खाडाचक्र नगरपालिका कृर्षिमा आत्मनिर्भर भइसकेको छ, नगरपालिकामा उत्पादन भएका तरकारीको विक्रिका लागि नगरपालिकाले नै जिम्मा लिने तयारी गरेको छ । अहिले तेस्रो बजारमा उत्पादन भएको तरकारी मान्म, जुम्ला र सुर्खेत जाने गरेको छ ।’
नगरपालिकाले कृषकलाई अनुदान दिने गरेकाले पनि बास्तविक किसानको जीवन परिर्वतन भएको काफ्लेको भनाई छ । उनले भने, ‘पहिले पावर र पहुँचको आधारमा अनुदान लिने गरिन्थ्यो अहिले त्यस्तो छैन हामीले बास्तविक किसान छानेर अनुदान दिदा परिणाम सहि आएको छ ।’
नेपालमा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको कार्कीले बताए । अहिले पनि नेपाली युवाहरुले स्वदेशमा काम गर्न गा्रहो मान्ने तर विदेशमा गएर जस्तो जुकै काम गर्न तयार हुने गरेको उनि बताउछन् । थोरै लागानि बाट कृषि व्यवसाय सुरु गरेका उनले ३ बर्ष भित्रै आफ्नो जीवन नै परिवर्तन गरेका छन् ।