१३ बैशाख २०८१, बिहीबार

बमले गरे विद्युतको उद्घाटन


कालिकोट: जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ८ स्थित दाम्डिखोला लघु जल बिधुत आयोजनाकाे गाउँ पालिका अध्यक्ष लक्ष्मणबहादुर बम द्वारा उदघाटन गरिएको छ ।

लोडसेडिङका कारण देशका अधिकांश स्थान अन्धकार रहँदा पनि सधैँ विजुली बाल्ने यो पलाँताका गाउँ घुम्दा निक्कै सम्पन्न देखिन्छ। पलातामा अहिले ५ ओटा लघु जलविद्युत रहेका छ्न । गाउँपालिका अध्यक्ष बमले उदघाटन गरे सङ्गै गाउँपालिकालाइ उज्यालो युक्त गाउँपालिका बनाउने योजनामा गाउँपालिका लागिरहेको बताउनु भयो । उक्त बत्ति बाट पलाता ७,८,९ का घर लाभान्वित हुने जानकारी दिनु भयो ।

विधुतको उदघाटन हुने भनेपछी उदघाटन कार्यक्रममा पुगेका पलाँता गाउँपालिका – ८ का
रत्न रोकायाले विगतलाइ सम्झदै भने, ‘पहिला उज्यालोको व्यवस्था गर्नका लागी झरो ल्याउन जंगल जाँदा एक दिन पुरै काट्नु पथ्र्यो । किताव पढ्नका लागी पनि त्यसैले उज्यालो बनाइ पढ्थ्यौ । कहिले काँही ओखर, ढटेलो ओखलमा पेलेर तेलको बत्ति बालेर बसेको समेत याद आउछ । त्यसपछी टुकि, लालटिन, आए । हामी त्ययो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछी आउछ होला विजुल्ली भनेर कुराकानी गथ्र्यौ ।’ अहिले बुढेसकालमा आफ्नै हातले विजुल्ली बाल्न पाउँदा आफैलाइ खुसी महसुस भएको पलाता खबर लाई जानकारी दिनु भयो ।

उक्त कार्यक्रमा उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई, बिद्यार्थी नेता खगेन्द्र मल्ल, बिकास निर्माण दल संयोजक कल बहादुर बम (उमेश), उर्जा शाखा प्रमुख कलम बम, प्राबिधिक तपेन्द्र बम लगाएत स्थानिय बासिन्दाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।