एमाले सांसद भीम रावलले दिए राजीनामा ?

काठमाडौं । एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला माधव नेपाल पक्षमा रहेका भनिएका नेता रावलले सांसदबाट राजीनामा दिएको बताएका हुन् । आफू अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै राजीनामा दिएको घोषणा उनले संचारमाध्यमर्फत् गरेका छन् ।

यस अघि माधव नेपाल समूहमा रहेका रावल पार्टीमा सहमति जुटेपछि मात्रै शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा थिए । तर, नेता नेपालले यस अघि संसद् जोगाउन आफूहरुले अग्रसरता लिएको भन्दै तत्काल विश्वासको मत दिएर जानुपर्ने अडान नेपालले राखेका थिए ।

संस्थापन र नेपाल पक्षको रस्साकस्सीबीच एमालेमा विवाद मिलाउन यस अघि गठित कार्यदलमा सक्रिय रावलले राजीनामा दिएका हुन् । एमाले विवाद उत्कर्षमा पुग्दा नेता रावल अध्यक्ष केपी ओलीको सबैभन्दा बढी आलोचक बनेर उभिएका थिए । नेता नेपाल नरम हुँदा पनि रावल भने ओलीप्रति सबैभन्दा बढी आक्रोश व्यक्त गर्ने नेतामा गनिन्थे ।

एमालेमा विवाद बढ्दै जाँदा नेता नेपाललाई नजिकबाट साथ दिए पनि अन्ततः उनले दुवै पक्षलाई साथ नदिने तयारी राजीनामा दिएका हुन् । रावलले गत निर्वाचनमा अछाम १ बाट जितेका थिए ।

यस्ताे छ उनकाे राजीनामा पत्र