मुख्यमन्त्री रोजगारमा चरम अनियमितता

कालीकोटः मुख्यमन्त्री रोजगार कार्यक्रममा चरम अनियमितता भएको पाइएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ मा मुख्यमन्त्री रोजगार कायक्रममा चरम अनियमितता भएको हो ।
नहररिनाथ गाउँपालिकामा जम्मा ५५ लाख रुपैया मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित गरिएको थियो । स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा लार्खौ रकम अनियमितता भएको भन्दै नागरिकले आन्दोलित भएका थिए । वडा नं ५ का वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) र केही प्राविधिक मिलेर लाखौ रकम अनियमितता गरेको स्थानीय नागरिकको आरोप छ । इलाका प्रहरी कार्यालय कुमालगाउँमा सर्वदलिय बैठक बसाली जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको रकममा छानविन गर्ने निर्णय समेत गरेको छ ।
स्थानीय कामदारलाई १५ हजारका दरले रकम दिने र बाकी रकम आफुले खाने मनसायले सुरु गरिएको कर्मचारी र जनप्रतिनिधिको योजना नागरिकले चक्नाचुर पार्दिएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रममा जम्मा ५५ लाख रकममध्ये ५१ लाख १७ हजार ९ सय ६० निकासा भएको थियो । सामान खरिदमा ४ लाख ६६ हजार खर्च गरिएको छ ।
प्राविधिक खर्च भन्दै ५ लाख ५८ हजार रकम अनियमितता गरिएको नागरिकले गुनासो गरेका छन् । उपभोक्ता समितिको व्यवस्थापन भन्दै २ लाख ९७ हजार खर्च गरिएको छ । उपभोक्ता समितिको व्यवस्थापन र प्राविधिक खर्च अनियमितता भएको ठहर नागरिकको छ । नेपाल सरकारबाट सेवासुविधा खादै आएका कर्मचारीले प्राविधिक खर्च भन्दै मोटो रकम असुल्नु अनियमितता नै भएको हो ।

वडाध्यक्षको नागरिकलाई धम्की
नरहरिनाथ गाउँपालिका–५ का वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) ले नागरिकलाई ज्यान मार्ने धम्की दिएको नाम नबताउने सर्तमा एक स्थानीयले गुनासो गरे ।
आफ्नो विरुद्धमा कोही बोलेमा घरमा आगोसम्म लगाउने धम्की वडाध्यक्षले दिएको स्थानीयको भनाई छ । आफुले रकम अनियमितता गर्न पाएन भन्दै वडाध्यक्षले नागरिकलाई धम्की दिने गरेको खुलेको छ ।