लाखौ रकम अनियमितता हुँदा पनि किन हुर्दैन खोजि

कालीकोटः जिल्लामा पछिल्लो समय अनियमितताका घटना दिन प्रतिदिन सामाजिक संजाल र संचार माध्यममा आएका छन् ।
संचार माध्यममा आएका अनियमितताका घटनाहरुलाई लिएर सम्बन्धित निकायले अहिलेसम्म पनि चासो नदिने गरेको पाइन्छ । अख्तियारको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय कालीकोट अनियमितताका घटनामा बेखबर बन्ने गरेको छ । संचार माध्यममा संचारकर्मीले लेखिएको सामाचारलाई प्रमाण मानेर खोजि गर्ने जिम्मा पाएको प्रशासन यस्ता समाचारबाट बेखबर बन्ने गरेको छ ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा मुख्यमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता भएको भएपनि सम्बन्धित निकायले चासो देखाएको छैन । जिल्लामा रहेका विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएको ४ दिन भन्दा बढी वितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय कालीकोटले चासो नदिएको नागरिकको गुनासो रहेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममा प्राविधिक र जनप्रतिनिधिले मिलेमत्तोमा ८ लाख ५१ हजार अनियमितता भएको छ । यस विषयमा थप बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको फोन सम्पर्क हुन सकेन ।