मृत्युलाई जितेर आएका बिष्टलाई गृहजिल्लामा भव्य स्वागत

कालीकाेट: संविधान सभा सदस्य माननिय तुलाराज विष्टलाई गृह जिल्ला कालीकोटमा स्वागत गरिएको छ । गत असार ७ गते धादिङ जिल्लाको सिम्ले भन्ने स्थानमा सवारी दुर्घटनामा परि घाईते भएका विष्ट पूर्णरुपमा सन्चो भएर गृह जिल्ला कालीकोट आएका हुन् । उनलाई कालीकोट जिल्लाबासीले मान्ममा भव्य स्वागत गरेका छन् ।
गृह जिल्ला कालीकोटबाट काठमाण्र्डौ जादै गर्दा अचानक सवारी दुर्घटनामा परि विष्ट घाईते थिए । करिव एकवर्षको उपचार पछि पूर्ण रुपमा निको भएर जिल्ला आएपछि जिल्लाबासीले उनलाई सम्मान सहित स्वागत गरेका हुन् । ठुलो सवारी दुर्घटनामा परि मृत्युलाई जितेर गृह जिल्ला पुगेका विष्टलाई बाजागाजा सहित जिरोप्वाईन्टबाट उनको निवाससम्म पु¥याइएको छ । नेपालको संविधान निमार्णमा महत्वपूर्ण भुमिका निर्वाह गरेका विष्टले कालीकोटको विकासका लागि ठुलो योगदान पु¥याएका छन् । राष्ट्रिय प्रशारण लाईनसंग जिल्लाको विकासका लागि विष्टको योगदान उच्च रहेको छ ।