सभापतिमा को मार्ला बाजी

 

कालीकोटः नेपाली काँग्रेसमा सभापतिका ४ जना दावेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।
सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ६५ वर्षका बृद्धदेखि ३९ वर्षका युवा सभापतिमा आकाँक्षिदेखिएका छन् । आ–आफ्नो टिममा सभापतिका लागि लविङसुरु गरेका छन् । ६५ कटेका काँग्रेसका बरिष्ठ नेता अम्मबहादुर शाही, ५५ वर्ष कटेका काँग्रेस नेता मोतिराज बम, ४५ वर्ष कटेका बहालवाला सभापति हर्षबहादुर बम, ३९ कटेका पाटी सहसचिव दमनबहादुर शाही सभापतिका दाबेदार छन् । उनीहरु कुनै हालतमा पछि नहट्ने अडानमा छन् । उमेरका कारण पनि यसपटक सभापति बन्न नपाए फेरी अवसर नआउने भन्दै सवैको अडान कार्यमै छ ।
अम्मबहादुर शाही आफूसँग लामो अनुभव भएको र सिद्धान्त र आदर्शको राजनीतिबाट अविचलित रहेकाले काँग्रेसको नेतृत्व हाँकेर पार्टीलाई उचाईमा पुर्याउन सक्ने बताउँदै आएका छन् । मोतिराज बम पनि काँग्रेसको साख उच्च बनाउनसक्ने भन्दै दाबेदार देखिएका छन् । हर्षबहादुर बम अहिले पनि सभापति भएकाले काँग्रेसका अधुरा सपना पुरा गर्ने बताउदै आएका छन् । दमनबहादुर शाही आफुले जिल्ला कुरेर काँग्रेसले गर्ने हरेक गतिविधिमा गएकाले युवा पुस्ताको लोकप्रिय भएकाले आफु कुनै हालतमा नछोड्ने बताउदै आएका छन् ।
६५ कटेका अम्मबहादुर शाहीदेखि ३९ आसपासका युवापुस्ता पनि सभापतिका दाबेदार छन् । यसरी दाबेदारहरुले अन्तमा कुनै एकलाई साथ दिएर ब्याक हुने सम्भावना छ । तर ७ र्औ जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषण गरेका यी ४ जना भने कुनै पनि हालतमा ब्याक नहुने बताउर्दै आएका छन् । काँग्रेस सभापति हर्षबहादुर बम अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चित भइसकेको छ । बमले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ ।

को कति बलियो
कालीकोट जिल्लाका ८२ वटै वडामा काँग्रेसले आफ्नो वडा अधिवेशन गरिसकेको छ । जिल्लामा २ टिमविच प्रतिष्पदा हुने निश्चित छ । पौडेल र देउवा टिमविच प्रतिष्पदा हुने देखिएको छ । ८२ वटै वडाको अधिवेशन सकिएपछि दुवै टिमका उम्मेदवारहरु अंकगणितमा लागेका छन् ।
जिल्लाका ८२ वटा वडामध्ये आफ्नो पक्षमा ५६ वडासभापति निर्वाचित भएको पौडेल पक्षको दावि छ भने यता देउवा पक्षका नेता मोतिराज बमले ४६ वडासभापति देउवा टिममा र ३६ वडासभापति पौडेल टिममा रहेको दावि गरे ।
वडा अधिवेशन सकिएपछि अहिले जिल्लामा को बलियो स्थितिमा रहेको अनुमानहरु भइरहेका छन् । अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको अवस्था केलाउँदा कुनै पनि पक्ष बहुमतमा नभएको देखिन्छ । अब दुई मुख्य समूहलाई अन्य समूहको साथ अनिवार्य भएको छ । जस्ले साथ पाउँछ उसैले बाजी मार्छ । काँग्रेसभित्र रहेका विभिन्न समूह र नेता विशेषले लगभगत कुनैपनि वडा तहमा आफ्नो वर्चश्व बनाउन सकेका छैनन् । काँग्रेसको विधान अनुसार वडाबाट चयन भएका सभापतिसहित प्रतिनिधिले नगर या गाउँपालिकामा सभापतिसहित पदाधिकारी चयन गर्न पाउनेछन् । वडा तहकै प्रतिनिधिबाट क्षेत्रीय सभापति र जिल्ला सभापति पनि चयन हुने व्यवस्था छ । वडाबाट प्रतिनिधि नहुनेले नगर या गाउँपालिका, क्षेत्रीय र जिल्ला सभापतिको उम्मेदवार बन्न पाउदैनन् ।