पाटी उपसभापतिमा बोगटीको उम्मेदवारी घोषणा

कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको उपसभापतिमा आफ्नो उम्मेदवारी रहने नेपाल तरुण विभागका केन्द्रीय सदस्य मीनबहादुर बोगटीले बताएका छन् ।
आईतबार मान्ममा पत्रकार सम्मेलनको आयोजना गरि बोगटीले उपसभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । असोज १५ गते हुने जिल्ला कार्य समितिको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामोसमयदेखि काँग्रेसको राजनीतिमा सक्रिय रुपमा लागेका बोगटीले आफु उपसभापतिको उम्मेदवार भएर विजयी हुने दावि गरेको छन् । उनले भने, ‘पाटीमा अहिले सहमतिका लागि भरपुर प्रयास भईरहेको छ । सहमति भएपनि चुनावी मैदानमा गएपनि आफु उपसभापति नै हुन्छु । मलाई विश्वास छ, काँग्रेसमा आस्थावान सम्पूर्ण प्रतिनिधिहरुले जिताउनेछन् ।’
२०४८ सालबाट काँग्रेसको सक्रिय राजनीतिसंगै सामाजिक सेवामा लागेकाले पनि आफु बलियो उम्मेदवार भएको बोगटीको भनाई । उनले भने, ‘टिमभित्र पनि टिकट पाउछु, यदि सहमति भएपनि उपसभापतिमा मेरो नाममा सहमति बन्छ ।’ उनले भने, ‘२०४८ सालमा नेपाल विद्यार्थी संघ कालीकोटको काठमाण्र्डौ सम्पर्क समितिको संस्थापक अध्यक्ष भए । २०५५ सालमा नेपाल तरुण दलको प्रचार विभागको केन्द्रीय सदस्य हुँ, अहिलेपनि नेपाली काँग्रेस तरुण विभागको केन्द्रीय सदस्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको सदस्य रहेकाले पाटीलाई चलाएमान बनाउनका लागि उपसभापतिमा मेरो उम्मेदवारी हो ।
उनले आउनै लागेको महाधिवेशनमा पाटीको हरेक तहमा इमान्दार, योग्य, सक्ष्म र उच्च चरीत्रवान व्यक्तिलाई नेतृत्वमा ल्याउन ७ र्औ जिल्ला अधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विगतको कमिकमजोरीलाई औल्याउर्दै यस पटकको महाधिवेशन एकताको महाधिवेशन हुने बोगटीले बताए । घोषणा कार्यक्रममा संस्थापन टिमबाट उपसभापतिको बलियो उम्मेदवार बोगटी नै भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवार एवं नेपाली काँग्रेसका अग्रज नेता विष्णुबहादुर शाहीले बताए । उनले पाटीभित्र छलफल गरेर नै उम्मेदवारी घोषणा गरिएको बताए । घोषणा कार्यक्रममा पाटी सचिव यशोदा शाही, महाधिवेशन प्रतिनिधि, सुशिला शाही लगायतको उपस्थिति रहेको थियो ।