१५ लाखमा पिलर मात्रै

कालीकोटः कालीकोटका अधिकाँश आधारभुत विद्यालय राजनीति दलहरुका लागि मागि खाने भाँडो बन्दै गएका छन् । जिल्लामा रहेका अधिकाँश विद्यालय स्थानीय राजनीतिक दलका नेताहरुका लागि मागि खाने भाँडो बनेका हुन् । यसको उदाहरण स्वरुप जिल्लाको रास्कोट नगरपालिका–६ मा रहेको सिममष्टा आधारभुत विद्यालयलाई लिन सकिन्छ ।
रास्कोट नगरपालिका– ६ मा रहेको सिममष्टा आधारभुत विद्यालय राजनिति दलहरुको मागि खाने भाँडोको रुपमा सावित भएको छ । बाल विकास कक्षा देखी कक्षा ३ सम्म जम्मा २८ जना विद्यार्थी रहेका छन् । २८ जना विद्यार्थीको सहजताका लागि आर्थिक वर्ष २०६७÷७७ मा संघिय साँसद कोषबाट ३ कोठे भवन निमार्णका लागि १५ लाख विनियोजन गरिएको थियो । गत आर्थिक वर्षमा विनियोजन भएको १५ लाखमा विद्यालयमा पिल्लर मात्र ठड्याएको छ । १५ लाखमा तिन कोठे भवन निर्माण गर्नुपर्ने भएपनी विद्यालयमा पिलर मात्र ठड्याएर अलपत्र पारिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज फडेरा हुन् । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपनि भवन निमार्णका लागि फरक उपभोक्ता समिति गठन गरि भवन निमार्ण थालिएको थियो । निमार्ण उपभोक्ता समितिले १५ लाखमा पिलर मात्र हालेको छ । आफु विद्यालयको गोठालो भएको विव्यस अध्यक्ष नमराज फडेराले बताए । उनले राजनीतिक पावरकै कारण भवनको काम अधुरै रहेको बताए ।
उनले भने, ‘म नामको मात्र अध्यक्ष हुँ काम गर्ने अरु नै हुन् । कामका लागि पावरवाला नै हुन् ।’ बालविकास केन्द्रमा ९ जना, कक्षा १ मा ५ जना र कक्षा २ र ३ मा १४ जना मात्र विद्यार्थी अध्ययनरत छन । ५ कक्षा सम्म संचालनमा रहेको विद्यालयको दरबन्दी कटौति गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । ५ कक्षासम्म पढाई हुने विद्यालयको दरबन्दी काटेर ३ कक्षामा झारेर विद्यालयलाई कमाई खाने भाडो बनाएको स्थानीयको भनाई छ । अहिले विद्यालयमा थोरै विद्यार्थी छन् । विद्यालय निमार्णका लागि आएको भवन पनि अपुरो छ । राजनीतिक दलको कमाई खाने गतिलो भाँडो भएको छ । एक स्थानीयले नाम नबताउने शर्तमा भने, ‘कसरी गुणस्तरीय शिक्षा हाम्रा बालबालिकाले पाउलान् ।’
तपाईले अध्यक्ष नामको मात्र हुँ भनेर कमजोरी पन्छाउन खोजेको हामीले सोधेको प्रश्नमा ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फडेराले भने, आफुलाई विद्यालयको चेक काट्ने बेला मात्र बोलाउछन अरु बेला वास्ता गदैनन् । यता नगरपालिका शिक्षा स्रोत व्यक्ती महाप्रसाद बरालले यो स्थानियकै आन्तरिक विवाद भएको बताए । उनले भने, विद्यार्थी संख्या कम भएर दरवन्दी कटौती गरेर अर्को विद्यालयमा मर्ज गरिएको हो । भवनको विषयमा वजेट नपुगेर भवन निर्माण गर्न नसकिएको वुझिएको छ । तिन कोठे भवनको डिभीसी र पिलर मात्र हालिएको बरालले बताए । स्थानिय नरविर फडेराले ५ कक्षा रहेको विद्यालय अभिभावकलाई कुनै भेला र छलफल नै नगरी दरवन्दी कटौती गरेर ३ मा झारेर अझ १५ लाखको भवन पारेर भवन पनी अधुरै राखेर मागि खाने भाँडो बनाएको उनको आरोप छ ।
उनले भने, ‘अझ यही विद्यालयमा फेरी ५० लाखको भवनको लागी वजेट माग गरेका छन फेरी पनी मागी खाने भाडो बनाउने त होलान् ।’