अबिरल बर्षाका कारण एककाे मृत्यु

कालीकाेट: निरन्तर बर्षाका कारणले कालिकोट जिल्ला महावै गाउँपालिका वडा ७ मा घर भत्किदा विष्णलाल अधिकारी कि छोरी १८ बर्षिया स्मृति अधिकारीको मृत्युु भएको छ ,भने १५ बर्षिकि इनीशा अधिकारी घाइते भएकि छन् ।
महावै गाउँपालिका वडा- ७ राम्नी मा १५ घर उच्च जोखिममा रहेका छन् भने हिजो राति नै त्यहाँका स्थानीयले जोखिममा रहेका घरपरिवार लाई राम माध्यमिक विद्यालयमा सारिएको नेकपा माओवादी केन्द्र महावै गाउँपालिका इन्चार्ज खेम बहादुर सिंह भिजनले बताउनु भएको हो ।
उहाँका अनुसार घाइते लाई उद्धारका लागि संघिय सरकार र प्रदेश सरकार संग समन्वय गरेपनि मौसमी खराबीका कारण हेलिकप्टर बाट उद्धार हुन नसकेको बताए । स्थानीय सरकार गाउँ गाउ आएपनि जनताको दुस्ख भने उस्तै रहेको स्थानीयहरुको गुनासो छ ।
कालिकोट जिल्लाका अन्य स्थानीय तह पनि उच्च जोखिममा भएकाले सुरक्षित स्थान मा बस्न सबै नागरिकमा महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिहले अनुरोध गर्नुभएको छ । त्यस्तै वडा नं.७ राम्नीको विवरण आउन बाँकी छ ।
अध्सिहका अनुसार अहिले स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको सहयोगमा उद्धार गरिरहेको समेत बताउनु भएको छ



कर्णालीपाटी । २ कार्तिक २०७८, मंगलवार १३:४४