४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेस अधिवेशनः सुर्खेत निर्वाचन क्षेत्र १ को प्रदेशसभामा (क) सुवेदी र (ख) को सभापतिमा वली



सुर्खेत । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुर्खेतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापति पदमा भूपेन्द्र सुवेदी र (ख)मा केशर वली चयन भएका छन् ।

उनीहरूसहित पदाधिकारी र सदस्यहरू सबै सर्वसम्मत चयन भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

यी दुवै प्रदेश निर्वाचन क्षेत्र खड्काको संघीय निर्वाचन क्षेत्रमा पर्छ । महामन्त्री खड्काले सर्वसम्मत चयन भएका सबैलाई शुभकामना दिएका छन् ।