२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारको पहिलो चौमासिकमा ५ प्रतिशत मात्र खर्च



सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब ५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । साउनदेखि कार्तिकसम्म मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको गरेको हो ।
कर्णाली प्रदेश सरकार चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्म १ अर्ब ७६ करोड ४४ लाख ८२ हजार बजेट खर्च गरेको । यो कुल बजेटको ४.८३ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षको पूँजीगतभन्दा चालूतर्फ बढी खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । ‘चालूतर्फको १४ अर्ब ८८ करोड १६ लाख १३ हजारमा एक अर्ब १२ करोड ३७ लाख एक हजार खर्च भएको छ । यो कुल खर्च भध्ये ७.५५ प्रतिशत खर्च हो ।’ उनले भनिन्,‘ विकासतर्फको २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमा ६४ करोड सात लाख ८० हजार भएको छ । यो कुल बजेटको २.९६ प्रतिशत हुन आउँछ ।’
सबैभन्दा धेरै मुख्य न्यायाधिवक्ताको कार्यालयले करिव १९ प्रतिशत खर्च गरेको छ भने बजेटको हिसाबले सामाजिक विकास मन्त्रालयले ५७ करोड ८२ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ८३ करोड २१ लाख ३८ हजार र सबैभन्दा कम जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत मात्रै खर्च गरेको छ ।