२१ बैशाख २०८१, शुक्रबार

आगलागीबाट घाइते भएकी महिलाको उपचारमा लैजाँदै गर्दा बाटोमै मृत्यु



सुर्खेत । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक जना महिलाको उपचारमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजादै गर्दा दैलेख जिल्लाको तल्लो ढुङ्गेश्वरमा शनिबार बिहान मृत्यु भएको हो ।
आगलागीबाट टाउको र खुट्टा जलेको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि सुर्खेत रिफर गरिएको र उहाँको अस्पताल नपु¥याउँदै बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए ।
शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको खर मेलामा कसैले आगलागी गर्दा बुढा घाइते भएको मृतक आफन्त बुढथापाले जानकारी दिए ।