१९ बैशाख २०८१, बुधबार

कांग्रेस केन्द्रीय सदस्यमा कर्णालीकी रंगमती शाही विजयी



काठमाडौं । नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा रंगमती शाही विजयी भएकी छिन् । सोमवार अबेर सम्पन्न मतगणनामा प्रतिनिधि सभा सदस्य समेत रहेकी शाही १ हजार ७ सय ८९ मत पाएर विजयी भएकी हुन् ।

राष्ट्रिय सभाकी सदस्य अनिता देवकोटालाई पछि पार्दै रंगमती विजयी भइन् । ९ केन्द्रीय सदस्यका लागि ३० जना प्रतिष्पर्धामा थिए ।

हुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने शाहीले संसदमा कर्णालीका मुद्दा जोडदार ढंगले उठाउँदै आएकी छिन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं धुलो धुवा मुक्त भएको भनेर दावी गरेपछि सांसद शाहीले आफ्नो स्कुटरको पछाडि राखेर धुलो हेर्न हिड्न संसदीय समितिमै चुनौती दिएकी थिइन् ।

कांग्रेस केन्द्रीय सदस्यमा कर्णालीबाट प्रतिनिधित्व गर्ने रंगमती एकमात्र महिला सदस्य हुन् ।