९ जेष्ठ २०८१, बुधबार

अत्यधिक चिसो बढेपछि कर्णालीको जनजीवन प्रभावित


सुर्खेत । गए रातिदेखि लगातार परेको पानीका कारण कर्णालीका १० वटै जिल्लाको जनजीवन प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको हो ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।